ललितपुरबाट ३४ कछुवासहित एक जना पक्राउ

ललितपुरबाट ३४ कछुवासहित एक जना पक्राउ

प्रहरीले ललितपुरबाट ३४ वटा कछुवासहित एक जनालई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको हरिसिद्धि गुमोजका २२ वर्षीय डेबिट महर्जन रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पुल्चोकको लाबिम मलबाट पक्राउ गरेको हो ।

महर्जनले १२ लाख रुपैयाँमा कछुवाको कारोबार गर्न लागेको गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय हात्तीबन ललितपुर पठाइएको  प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.