भक्तपुरबाट लागुऔषधसहित पाँंच जना पक्राउ

भक्तपुरबाट लागुऔषधसहित पाँंच जना पक्राउ

प्रहरीले भक्तपुरको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पाँंच जनालाई पक्राउ गरेको छ।

मध्यपुर ठिमी नगरपालिका ४ चारदोबाटोबाट सिन्धुपाल्चोक यमुना डाँडा गाउँपालिका ४ बस्ने वर्ष २६ का रामकुमार खड्का, भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुन्जे बस्ने वर्ष २५ का राधे मग्राती र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ३ बस्ने वर्ष १९ का सुरेश भुजेललाई पक्राउ गरेको जनाएको छ।

सूर्यविनायक सिरुटारबाट मोरङ कञ्चनबारी गाउँपालिका ९ घर भई हाल काठमाडौ थानकोट बस्ने वर्ष ३१ का मनोज अधिकारी र भारत मोतिहारी जिल्ला घर भई हाल भक्तपुर सूर्यविनायक नगरापालिका १ सिरुटार बस्ने वर्ष ४३ का मनेजर शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु सबैलाई जिल्ला अदालत भक्तपुरमा पेश गरी लागुऔषध सम्बन्धि कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.