ठगी मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

ठगी मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

जिल्ला अदालत झापाको २०७३ चैत २९ गतेको फैसला अनुसार ठगी मुद्दामा १ वर्ष कैद र १२ लाख २१ हजार ४ सय ४७ रुपैयाँ सजाय भई फरार रहेका २ जना प्रतिबादीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बुद्धशान्ति गाउँपालिका-४ बस्नेहरु ४४ वर्षीय मुगाधन राई र ४० वर्षीय टिका काम्बाङ लिम्बु रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले इलाम जिल्लामा लुकिछिपी बसेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ दुवै जनालाई जिल्ला अदालत झापामा दाखिला गरेकोमा सोही अदालतको आदेशले जिल्ला कारागार कार्यालय चन्द्रगढी झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.