लागुऔषध बेचबिखनमा संग्लग्न ३ जना पक्राउ

लागुऔषध बेचबिखनमा संग्लग्न ३ जना पक्राउ

उदयपुरको बेल्टार नगरपालिका-९ बाट लागुऔषध बेचबिखनमा संग्लग्न ३ जनालाई पक्राउ गरिएको छ ।

स्थानीय आकाश तिम्सिनाको घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले घरधनी ३५ बर्षीय आकाश तिम्सिना सहित बेल्टार नगरपालिका-१ का ३२ बर्षीय बिकास बस्नेत र धरान-१३ का ३८ बर्षीय प्रणय निरौलालाई पक्राउ गरेको हो ।

उनिहरुको साथबाट प्रहरीले डाईजोल्याव ३ एम्पुल, लीजेसिक ४ एम्पुल, फेनारागन ४ एम्पुल, डाईलक्स डिसी १०० मिली लिटरको २ बोतल, नाईट्राभेट ११ ट्याब्लेट, स्पास्मोप्रोक्सिवन ५९ ट्याब्लेट, गाँजा ३०० ग्राम, नगद १५ हजार र मिनिल्यापटप १ थान समेत बरामद गरेको छ ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.