बहुविवाह मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

बहुविवाह मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई धादिङ प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला अदालत धादिङले बहुविवाह मुद्दामा २०५४ मंसिर २० गते १ महिना १५ दिन कैद र दुई हजार जरिवाना तोकेका साविक नलाङ गा.वि.स.३ हाल सिद्धलेक २ बस्ने ५२ वर्षीय रामबहादुर अर्याललाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङको फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत बहुविवाह मुद्दाका फरार प्रतिवादी अर्याललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।

अर्याललाई धादिङ जिल्ला अदालतमार्फत कैद भुक्तानको लागि जिल्ला कारागार पठाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.