छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

छिमेकीलाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाकाे कमल गाउँपालिका-५ पानडाँडा बस्ने २३ वर्षीय राजु बिक रहेका छन् । मादक पदार्थ सेवन गरी छिमेकी २४ वर्षीय महेन्द्र दर्जीलाई बिकले छुरा प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई सोमबार राति पक्राउ गरेको हो ।

घाइते दर्जीको एडभान्स अस्पताल हुँदै थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.