हातहतियार मुद्दाका तीन जना अभियुक्तलाई कैद
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीबाट पेस्तोलसहित पक्राउ परेका चारमध्ये तीन जनालाई जिल्ला अदालत तनहुँले कैद फैसला गरेको छ ।
जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले सोही ठाउँ बस्ने नरेन्द्र गुरुङ, प्रेयेशु भन्ने बुडुजा पुनलाई जनही छ महिना कैद र रु पाँच हजार, विपीन पुनलाई तीन महिना कैद र रु चार हजार जरिवानाको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले मङ्गलबार जानकारी दिए । सोही मुद्दामा पक्राउ परेका माहिला भन्ने अनुप घतानेले अदालतबाट सफाइ पाएका छन् ।
नर्सरीस्थित कालिका मन्दिर नजिकै गाँजा सेवन गरिरहेको अवस्थामा प्रहरीको गस्ती टोलीले उनीहरुलाई गत वैशाख २५ गते पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र सय ग्राम गाँजासमेत बरामद गरेको थियो ।
निजहरुविरुद्ध बिनाइजाजत हातहतियारको कारोवार गरेको अभियोगमा गत जेठ १६ गते अदालतमा मुद्दा दायर भएको थियो ।
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...