छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ

प्रहरीले पर्सा,मोरङ, झापा र मकवानपुरकाे छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित ६ जनालाई पक्राउ गरेकाे छ ।

पर्सा, बिन्दबासिनी गाउँपालिका-३ झौवास्थित तिलाबे पुलबाट अवैध लागूऔषध गाँजा करिब ८ केजी सहित बहुदरमाई नगरपालिका-५ भौराटार बस्ने २७ वर्षीय मनिस महतोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी अम्मरपट्टीबाट खटिएको प्रहरीले ना.३ प ९६३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनि लुकाई छिपाई
राखेको उक्त परिमाणको लागूऔषध फेला पारी चालक महतोलाई पक्राउ गरेको हो ।

मोरङ, सुन्दरहरैचा नगरपालिका-६ भर्जना पुल डेरा गरी २४ वर्षीय नर बहादुर दर्जी लगायत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ६० मिलीग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले निज दर्जीको कोठा तलासी गर्दा उक्त परिमाणको पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

झापा, मेची नगरपालिका-६ स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित बिर्तामोड नगरपालिका-६ बस्ने १९ वर्षीय मनिश लिम्बु र ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-७ बस्ने २४ वर्षीय मुकेश थलाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागू‌औषध व्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतको पानी ट्याङकीबाट नेपालतर्फ आउँदै गरेको मे.११ प ६२८६ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरुलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७ शक्तिखोलास्थित बाटोको छेउमा रहेको परालको कुन्युमा बेवारिशे अवस्थामा रहेको अवैध लागूऔषध गाँजा करिब २ केजी बिहीबार राति प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको गस्ती प्रहरीले उक्त लागूऔषध फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.