सरकारी कागजात किर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

सरकारी कागजात किर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

सरकारी कागजात किर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाजुरा घर भई हाल काठमाडौं कीर्तिपुर बस्नेहरु २८ वर्षीय रमेश बहादुर कटुवाल, २८ वर्षीय प्रकाश कटुवाल तथा २६ वर्षीय जनक कटुवाल र ललितपुर लगनखेल बस्ने ४० वर्षीय शिरबाबु महर्जन रहेका छन् ।

रमेश, प्रकाश र जनकलाई सरकारी कागजपत्रहरु किर्ते गरेको बिषयमा नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उनीहरुले प्रयोग गरेको नक्कली कागजपत्र बनाउने छापाखाना सम्बन्धी कुराहरु खुल्न आए पश्चात ललितपुर महानगरपालिका-१९ लगनखेलस्थित एलपी छापाखानाबाट नक्कली छापहरु बनाउन प्रयोग हुने कम्प्यूटर, पेनड्राईभ, डेन्डिल र प्रिन्ट स्ट्याम्प सहित शिरबाबुलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु उपर सरकारी छाप किर्ते मुद्धामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.