अवैध लागुऔषधसहित तीनजना पक्राउ

अवैध लागुऔषधसहित तीनजना पक्राउ

प्रहरीले काठमाडौं र हेटौंडाबाट अवैध लागुऔषधसहित तीनजनालाई पक्राउ गरेकाे छ ।

काठमाडौं, कीर्तिपुर नगरपालिका–२ ट्याङलाफाँट चाँदनीचोकबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर ७.१८० मिलिग्रामसहित २ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा २२ वर्षीय पुजन बास्कोटा र अछाम पञ्चदेवल घर भई कोटेश्वर बस्ने २५ वर्षीय इन्द्रबहादुर धामी रहेका छन् ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५ फारलाइन बस्ने ५७ वर्षीय रामबहादुर बललाई अवैध लागूऔषध गाँजा १ किलोसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले बलको घर तलासी गर्दा लुकाई राखेको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.