तीन हजार घुससहित नासु पक्राउ

तीन हजार घुससहित नासु पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीका नायब सुब्बा दिपक सुवेदीलाई ३ हजार घुससहित पक्राउ गरेको छ ।

नासु सुवेदीले सेवाग्राहीको नाममा दर्ता रहेको जग्गा रोक्का गर्नेकार्य सहजिकरण गरिदिने भनी विभिन्न बहानामा घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले बुधबार नियन्त्रणमा लिएको हो ।

सुवेदीलाई तीन हजार रकम लिइसकेको अबस्थामा निजकै कार्यालय परिसरबाट रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.