लागूऔषधसहित एक जना पक्राउ

लागूऔषधसहित एक जना पक्राउ

पोखरा महानगरपालिका-८ न्युरोड लालिगुराँस टोलबाट नियन्त्रित लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पर्वत फलेवास नगरपालिका-८ घर भएका २७ वर्षीय प्रबिन गुरुङलाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ९३ ट्याब्लेट, बुप्रिनुर्फिन १ सय ३५ एम्पुल, डाईजेपाम १ सय ३५ एम्पुल, फेनरागन १ सय ३५ एम्पुल, मोइबाल २ थान र नगद ३८ हजार ६ सय ८५ रुपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले गुरुङले चलाएको ना.१६ प १४३१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.