प्रहरीलाई २ हजार रुपैयाँ घुस दिन खोज्ने पक्राउ

प्रहरीलाई २ हजार रुपैयाँ घुस दिन खोज्ने पक्राउ

चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोडमा डिउटीमा खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ घुस दिन खोज्ने खोटाङ घर भई हाल दुवाकोट बस्ने बर्ष २४ को सुजन थापालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले दुवाकोटबाट सल्लाघारी जादै गरेको बा ४ ख ३४५१ नम्बरको बालुवा लोड भएको मिनि ट्रक जाँच गर्ने क्रममा चालक थापाले मिति नभएको बिल भएको पाइए पछि कारवाहीबाट बच्न प्रहरीलाई उक्त रकम दिन खोजेका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.