चितुवाको छालासहित १ जना पक्राउ

चितुवाको छालासहित १ जना पक्राउ

प्रहरीले ताप्लेजुङबाट चितुवा र थारको छालासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका ५५ वर्षीय तोलवीर लिम्बू रहेका छन् । घरको छानामा सिउरिएर राखिएको अवस्थामा चितुवाको दुई थान र अर्को वन्यजन्तु थारको एक थान छाला आज फेला पारिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

तापेथोक प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले लिम्बूको घरमा खानतलासी गरेको थियो । सोही क्रममा उक्त छाला फेला परेको हो । तीन थान छालासहित लिम्बूलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान र कारवाहीका लागि कञ्चनजङ्घा संरक्षण क्षेत्रको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.