हतियारसहित दुई जना पक्राउ

हतियारसहित दुई जना पक्राउ

प्रहरीले रौतहटबाट हतियारसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाही धनकौल गाउपालिका ६ का २८ वर्षिय राजेश महरा र २१ वर्षीय जयनारायण राम छन्। राति ९ बजेको समयमा हतियारसहित रौतहटतर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले गढिमाइ नगरपालिका वडा नम्बर ६ स्थित बागमति पुलबाट पक्राउ गरेको हो।

उनीहरुको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने एसएलआर को ३ थान गोली बरामद भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.