वृद्धभत्ताको विषयमा झगडा हुँदा छोराले गरे बुबाको हत्या

वृद्धभत्ताको विषयमा झगडा हुँदा छोराले गरे बुबाको हत्या

कपिलवस्तुमा वृद्धभत्ताको विषयमा झगडा हुँदा छोराले इँटाले हानेर बुबाको हत्या गरेका छन्।

शिवराज नगरपालिकामा–९ तुरुन्तपुरका ३२ वर्षिय छोरा बसन्त जिसिले सोमबार साँझ वृद्धभत्ताको विषयमा झगडा हुँदा इँटाले हानेर आफ्नै ८० वर्षिय बुबा चन्द्रबहादुर जिसिको हत्या गरेका हुन्।

घटनामा गम्भीर घाइते चन्द्रबहादुरको संजिवनि अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

प्रहरीले आरोपित बसन्तलाई पक्राउ गरी घटनाकाे बिषयमा थप अनुसन्धान शुरु गरेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.