प्रचण्डलाई थप्पड हानेका पदम कुँवर फेरि पक्राउ

प्रचण्डलाई थप्पड हानेका पदम कुँवर फेरि पक्राउ

७ वर्षअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि थप्पड प्रहार गर्ने पदम कुँवर पक्राउ परेका छन् ।

कुँवर शनिबार साँझ बानेश्वरस्थित संसद भवनबाट पक्राउ परेका हुन् । नयाँ बानेश्वरमा रहेको संसद भवनभित्र रहेको शौचालयमा अनुमतिबिना प्रवेश गरेको भन्दै कुँवरलाई सोधपुछको लागि प्रहरीले पक्राउ गरेको हो ।

नेताहरुले देश बिगारेको भन्दै शौचालय जाने बहानामा संसद भवन पसेको कुँवरले प्रहरी समक्ष बताएको स्रोतले जानकारी दियो ।

यसअघि १ मंसिर २०६९ मा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका वेला उनले प्रचण्डलाई थप्पड हानेका थिए । बाग्लुङका कुँवर त्यसवेला वैद्य माओवादीसँग आबद्ध थिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.