११ किलो गाँजासहित दुई जना पक्राउ

११ किलो गाँजासहित दुई जना पक्राउ

प्रहरीले सर्लाहीकाे लालबन्दी नगरपालिका-१ लखनदेही खोलाबाट ११ किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई आइतबार दिउँसो  पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा महोत्तरी, महोत्तरी गाउँपालिका-१ पर्सा बस्ने २४ वर्षीय सुनिल यादव र सोही ठाउँ बस्ने २९ वर्षीय राम प्रताप यादव रहेका छन् ।

ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले ज.३ प ६०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध गाँजा सहित फेला पारी मोटरसाइकल चालक सुनिल र मोटरसाइकलमा सवार रामलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.