विल र कागजात नभएको सुनसहित एक पक्राउ

विल र कागजात नभएको सुनसहित एक पक्राउ

प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुंगास्थित चेक प्वाइन्टबाट विल तथा अन्य आवश्यक कागजात नभएको ३ सय ९८ ग्राम सुनसहित एक भारतीय नागरीकलाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा भारत मेन्दीपुर कलकत्ता दासपुर थाना घर भएका ४५ वर्षीय आशुतोष सेनापति छन् । महानगरीय प्रहरी प्रभाग नागढुंगा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले ना.१ ज ५०६० नम्बरको टाटासुमो जाँच गर्ने क्रममा सुन सहित उनलाई पक्राउ गरेकाे हाे ।

आशुतोषलाई बरामद गरिएको सुनसहित आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.