जुवातास खेलिरहेको अवस्थामा ६ जुवाडे पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ६ जुवाडे पक्राउ

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलाबाट ६ जना जुवाडेलाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ घर भई भक्तपुर ठिमी बस्ने ५० वर्षीय बुद्धिबहादुर राउत लगायत अन्य छन् । प्रहरीले उनीहरुको साथबाट नगद ५३ हजार ९ सय ६५ रुपैयाँ बरामद गरेको छ ।

महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.