७५ थान लागूऔषधसहित एक युवक पक्राउ

७५ थान लागूऔषधसहित एक युवक पक्राउ

प्रहरीले तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं १ बरादीबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा गोरखा जिल्लाकाे गोरखा नगरपालिका वडा नं. १४ याङकोट घर भएका २४ वर्षीय अनिल कुमार नहर्की रहेका छन् । प्रहरीले उनकाे साथबाट नुफिन र फेनेर्गन लगायतको ७५ थान लागूऔषध बरामद गरेको छ ।

पृथ्वी राजमार्ग सडक छेउमा शंकास्पद ढंगबाट रातको समयमा हिँडिरहेको अवस्थामा नहर्कीलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार नहर्कीलाई लागूऔषध मुद्धामा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.