आफ्नै भाउजूलाई खुकुरी प्रहार गरेको अभियोगमा देवर पक्राउ

आफ्नै भाउजूलाई खुकुरी प्रहार गरेको अभियोगमा देवर पक्राउ

प्रहरीले रौतहटबाट धारिलो हतियार खुकुरी प्रहार गरेर आफ्नै भाउजूको हत्या गर्ने प्रयास गरेको अभियोगमा एक जनालाई पक्राउ गरेकाे छ ।

रौतहटको यमुनामाई गाँउपालिका-१ की पुनम सहनीलाई धारिलो खुकुरी प्रहार गरेको आरोपमा उनकै देवर राजुकुमार सहनीलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै  कोठामा सुती रहेकी पुनमलाई बिहान ४ बजेको समयमा  देवर सहनीले खुकुरी हानेर हत्या गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

घरायशी विवादका कारण भाउजूलाई टाउकोमा खुकुरी हानेको सहनीले प्रहरी समक्ष स्वीकार गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । पक्राउ परेका सहनीका साथबाट घटनामा प्रयोग भएको रगत लागेको खुकुरी समेत बरामद भएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.