कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धादिङ थाक्रे गाउँपालिका-६ रानीबारी बस्ने ५८ वर्षीय कान्छा थापा भन्ने रण बहादुर थापालाई सोही ठाउँबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

अंश सम्बन्धी विवादको कारण थापाले आफ्नै सौतेनी आमा साईली थापालाई २०५८ माघ १४ गते आफ्नै घरभित्र घाँटी थिचेर हत्या गरी घटना पश्चात फरार रहेका थिए ।

फरार थापा लामो समयसम्म काठमाडौं टेकुमा लुकीछिपी बसी पछिल्लो समयमा आफ्नै घरमा गएर बसेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

थापालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.