घरायसी बिवादकाे क्रममा श्रीमानले गरे श्रीमतीको हत्या

घरायसी बिवादकाे क्रममा श्रीमानले गरे श्रीमतीको हत्या

भक्तपुरमा गत फागुन ३० गते घरायसी वादविवादकाे क्रममा एक जनाले कुटपिट गरि आफ्नै श्रीमतीकाे हत्या गरेका छन् ।

सूर्यविनायक नगरपालिका-९ नंखेल बस्ने ३३ वर्षीय राजन ब्यान्जुले खाना पकाउने बिषयमा विवाद हुँदा आफ्नै ३२ वर्षीया श्रीमती पबित्रा ब्यान्जुकाे हत्या गरेका हुन् ।

श्रीमान श्रीमती सँगै बसेर मादकपदार्थ सेवन गरेका थिए। पछि खाना पकाउने विषयमा विवाद हुँदा राजनले श्रीमती पबित्रा ब्यान्जुलाई लात्ती, मुक्का र दाउरा समेतले कुटपिट गर्दा मुत्यु भएको खुल्न आएको प्रहरी वृत्त जगातीले जनाएको छ।

नाकबाट रगत बगेको र अन्य चोटपटक लागेको अवस्थामा पबित्रा मृत भेटिएकी थिइन्।

प्रहरीले पबित्राको हत्यापछि उनका श्रीमानलाई नियन्त्रणमा लिईअनुसन्धान सुरु गरेकाे छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.