जुवातास खेलिरहेकाे अवस्थामा ५ जुवाडे पक्राउ

जुवातास खेलिरहेकाे अवस्थामा ५ जुवाडे पक्राउ

प्रहरीले पाल्पाबाट जुवातास खेलिरहेकाे अवस्थामा जुवाकै खालबाट ५ जना जुवाडेहरुलाई नगदसहित पक्राउ गरेको छ ।

जिल्लाको रामपुर नगरपालिका–७, डुम्रीगाउँस्थित यमबहादुर सारुको घरमा जुवा–तास खेलिरहेको अवस्थामा ४१ हजार ४ सय २२ रुपैयाँ नगद, ३ गड्डी ताससहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घरधनी यमबहादुर सारु, सोही स्थानका रामबहादुर श्रेष्ठ, ओमबहादु मश्राङ्गी, झबिलाल विक, चेतबहादुर मल्ल छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.