गाँजा र चरेससहित एकजना पक्राउ

गाँजा र चरेससहित एकजना पक्राउ

प्रहरीले पर्साबाट गाँजा र चरेससहित एकजनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका-४ देउरवानाका ५० वर्षीय नुर आलम मियाँ रहेका छन् । उनलाई प्रहरी चौंकी रंगपुरटाडी पर्साबाट खटिएको प्रहरी टोलीले पटेर्वा सुगौली गाउँपालिका-२ बैधनाथपुरबाट मंगलबार पक्राउ गरेकाे हो ।

प्रहरीले उनको साथबाट एक किलो ५०० ग्राम गाँजा र एक किलो चरेस र एक किलो ५०० ग्राम चरेसको धुलो बरामद गरेकाे छ । मियाँले साइकलमा गाँजा र चरेस ल्याउँदै गर्दा पक्राउ गरेको प्रहरीको भनाइ छ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.