प्रवेश पत्र दिने नाममा परीक्षार्थीबाट घुस लिने प्रधानाध्यापक पक्राउ

प्रवेश पत्र दिने नाममा परीक्षार्थीबाट घुस लिने प्रधानाध्यापक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विद्यार्थीलाई प्रवेश पत्र दिने नाममा २ हजार रुपैयाँ घुस लिएको आरोपमा धनुषाबाट सामुदायिक विद्यालयका एक जना प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।

मिथिला नगरपालिका-२, नक्टाझिजस्थित जनता माध्यमिक विद्यालय प्रधानाध्यापक महेन्द्र महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले बुधबार रंगे हात पक्राउ गरेको हो ।

भोलि (बिहीबार)देखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थीले फारम नभरेको र रकम दिए प्रवेश पत्र उपलब्ध गराइदिने भनेपछि विद्यार्थीले उनाई २ हजार रकम दिइरहेका थिए । सोही क्रममा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

घुस रकमसहित पक्राउ परेका प्रअ महतोविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कारवाही गरी विशेष अदालतमामुद्दादायर गरिने आयोगले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.