जिल्ला अदालत कास्कीका श्रेस्तेदार ३० हजार घुससहित पक्राउ

जिल्ला अदालत कास्कीका श्रेस्तेदार ३० हजार घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुलीलाई तीस हजार घुस रकमसहित पक्राउ गरेको छ ।

श्रेस्तेदार पराजुलीले अदालतमा विचाराधिन मुद्दामा नियन्त्रणमा लिएको गाडी छुटाईदिने प्रयोजनकालागि विभिन्‍न बहानामा घुस माग गरिरहेको भन्‍ने सूचना एवम् कार्यालयमा प्राप्त उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले उक्त घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

अख्तियारका अनुसार श्रेस्तेदार पराजुलीलाई सेवाग्राहीसँग तीस हजार घुस बापतको रकम लिईसकेको अवस्थामा उक्त रकमसहित पोखराको पर्स्याङ्ग चोक नजिकबाट बुधबार नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.