नेपाल मजदूर किसान पार्टीको नाममा चन्दा असुल्ने एक जना पक्राउ

नेपाल मजदूर किसान पार्टीको नाममा चन्दा असुल्ने एक जना पक्राउ

महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाल मजदूर किसान पार्टीको नाममा नक्कली लेटर प्याड तथा छाप बनाइ चन्दा उठाउँदै हिँड्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौँडा बस्ने ५० वर्षीय गोपालबहादुर पुर्कुटी रहेका छन् । उनलाई प्रहरीले बुधबार मध्यपुरथिमि नगरपालिका–५ राधेराधेबाट पक्राउ गरेको हाे ।

पुर्कुटीलाई नेमकिपाको लेटर प्याड, विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छापसहित पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.