३८ किलो गाँजा बरामद

३८ किलो गाँजा बरामद

वीरगंज महानगरपालिका-२८ बगही टोलबाट अवैध लागूऔषध गाँजा ३८ केजी बुधबार राति प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले ना.२५ प ८४८१ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा फेला पारी उक्त लागूऔषध गाँजा बरामद गरेको हो । उक्त मोटरसाइकलमा सवार व्यक्तिहरु हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेकोछ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.