तासको खालबाट युवासंघ र तरुण दलका नेता पक्राउ

तासको खालबाट युवासंघ र तरुण दलका नेता पक्राउ

प्रहरीले खोटाङको हलेसीबाट जुवा तास खेलिरहेकाे अवस्थामा युवा संघ र तरुण दलका जिल्ला नेतासहित ९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा युवासंघ खोटाङका रसकुमार राई र तरुण दल खोटाङका कोषाध्यक्ष रुपेन्द्र राईलगायत ९ जना रहेका छन् । प्रहरीले उनीहरुलाई बुधबार राती खोटाङको हलेसीबाट पक्राउ गरेको हाे ।

प्रहरीले उनीहरुको साथबाट ७४ हजार ११० रुपैयाँ र तीन बुक तास बरामद गरेकाे छ । उनीहरुलाई खोटाङको सदरमुकाम दिक्तेलको हिरासतमा राखिएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.