सामूहिक बलात्कार गर्ने चारैजना दोषीलाई दिइयो मृत्युदण्ड

सामूहिक बलात्कार गर्ने चारैजना दोषीलाई दिइयो मृत्युदण्ड

७ वर्ष अगाडी भारतीय युवती निर्भयालाई सामूहिक बलात्कार गर्ने चार जनालाई फँसी दिइएको छ ।  दिल्लीको तिहाड जेलमा रहेका उनीहरुलाई शुक्रबार बिहान ५ः३० बजे फँसी दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मुकेश सिंह, विनय शर्मा, अक्षय कुमार सिंह र पवन गुप्तालाई फाँसी दिइएको हो । फाँसीपछि चारै जनाको शवलाई पोस्टमार्टमका लागि एक सरकारी अस्पतालमा लगिएको बीबीसी हिन्दीले जनाएको छ । सात वर्ष, तीन महिना र चार दिनपछि मुकेश, अक्षय, विनय र पवनलाई मृत्युदण्ड दिइएको हो ।

भारतीय समाचार एजेन्सी भास्करका अनुसार मृत्युदण्ड दिनुअघि पवन, मुकेश, विनय र अक्षयलाई नास्ता दिइएको थियो तर उनीहरुले खान अस्विकार गरे । विनय रुन थालेका थिए । त्यसपछि उनीहरुलाई तिहाड जेल नम्बर तीनमा बनेको ‘फाँसी घर’ मा पुर्‍याइएको थियो । जहाँ पवन जल्लादले उनीहरुलाई झुण्ड्याएका थिए । ४० मिनेटपछि उनीहरुलाई मृत घोषित गरिएको हो ।

सन् २०१२ डिसेम्बर १६ तारिखको राती निर्भयामाथि सामूहिक बलात्कार गरिएको थियो । कुटपिटसँगै बलात्कारु गरी यौनांगमा रड घुसारी विभत्स अवस्थामा सडकमा फालिएको अवस्थामा निर्भया फेला परेकी थिइन् । केहीदिनपछि उपचारका क्रममा सिंगापुरमा उनको मृत्यु भएको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.