जुवातास खेलिरहेको अवस्थामा ५ जुवाडे पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ५ जुवाडे पक्राउ

काठमाडौं महानगरपालिका १५, स्वयम्भू बिजेश्वरीस्थित सरोज लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४३ वर्षीय सम्पूर्ण बुद्धाचार्यलगायत अन्य छन् । उनीहरूको साथबाट १ लाख ५३ हजार ४ सय रुपैयाँ र ३ बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.