आफ्नै घरमा गोली चल्दा एक युवक घाइते

आफ्नै घरमा गोली चल्दा एक युवक घाइते

मकवनापुरमा शुक्रबार बिहान गोली लागेर एक जना घाइते भएका छन्।

जिल्लाकाे कैलाश गाउँपालिका ८ आखेटारका ३० वर्षीय लालबहादुर मोक्तान गोली लागेर गम्भीर घाइते भएका हुन्। उक्त गोली उनको घरमै चलेको तर कसले चलाएको भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ।

छाती तथा हातमा चोट लागेर गम्भीर घाइते भएका मोक्तानलाई उपचारका लागि हेलिकप्टरमा हेटौंडाबाट काठमाडौं ल्याइएकाे छ।

प्रहरीले मोक्तानको घर खानतलासी गर्दा ओछ्यानमा गोलीको खोका फेला पारेकाे छ ।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवनापुरले जनाएकाे छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.