चार लाख ४४ हजार रकमसहित भारतीय नागरिक पक्राउ

चार लाख ४४ हजार रकमसहित भारतीय नागरिक पक्राउ

प्रहरीले वीरगञ्जबाट हुण्डीमा प्रयोग भएको चार लाख ४४ हजार रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला रक्सौल-१४ बस्ने २४ वर्षीय बब्लु राज रहेका छन् । अवैध हुण्डी कारोबार गरी राखेको छ भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले बिहीबार साँझ ५ बजेतिर उनलाई पक्राउ गरेको हो ।

बिआर०५यु ३९७८ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनलाई प्रहरीले वीरगञ्ज महानगरपालिका-१० घडिअर्वाबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट श्रोत नखुलेको अवैध रकम ४ लाख ४४ हजार ८३५ रुपैयाँ बरामद गरेकाे छ ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.