१३ हजार घूससहित वडा सदस्य पक्राउ

१३ हजार घूससहित वडा सदस्य पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले सेवाग्राहीसित घूस लिँदै गरेको अवस्थामा वडा सदस्यलाई रंगेहात पक्राउ गरेको छ ।

सेवाग्राहीसँग १३ हजार घूस लिएको अवस्थामा यमुनामाई गाउँपालिका ३ का वडा सदस्य रामविश्वास मुखियालाई अख्तियारले रंगेहात पक्राउ गरेको हाे । सेवाग्राहीलाई पैसाको बार्गेनिङ गर्ने यमुनामाई ३ घर भएका बिचौलीया नरगुन पासवातलाई समेत पक्राउ गरिएको छ ।

दुबैलाई थप अनुसन्धान र कारबाहीको लागि अख्तियारको बर्दिबास कार्यालय लगिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.