लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ

लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ

प्रहरीले सुर्खेतबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ सय १० मिलीग्राम सहित आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाकाे वीरेन्द्रनगर नगरपालिका-११ अछामी डाँडा बस्ने २२ वर्षीय महेश सुनार रहेका छन् । शंकास्पद अवस्थामा रहेका सुनारलाई प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ३ पुरियामा रहेको उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.