हथौडाले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

हथौडाले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

कैलालीमा एक व्यक्तिले हतौडा प्रहार गरी आफ्नै श्रीमतीकाे हत्या गरेका छन् ।

लम्कीचुहा नगरपालिका-९ बस्ने ६५ वर्षीय भक्तबहादुर धामीले हतौडाले प्रहार गरी आफ्नै ६२ वर्षीया श्रीमती धारुदेवी धामीको हत्या गरेका हुन् ।

घरायसी बिबाद हुँदा आवेगमा आई धामीले श्रीमतीलाई टाउकोमा दाउराको हतौडाले प्रहार गर्दा गम्भीर घाइते भएकी उनकाे उपचारको क्रममा मेडिकल कलेज कोहलपुर बाँकेमा मृत्यु भएको हो ।

प्रहरीले आरोपित धामीलाई शनिबार दिउँसो पक्राउ गरी घटनाकाे बिषयमा थप अनुसन्धान शुरु गरेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.