१८ किलो गाँजासहित ३ जना पक्राउ

१८ किलो गाँजासहित ३ जना पक्राउ

प्रहरीले पर्साबाट लागू औषध गाँजासहित सोमबार तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-५ का ५५ वर्षीय राधाकृष्ण राउत अहिर, ५० वर्षीय लक्ष्मण महतो कोइरी र पकाहामैनपुर गाउँपालिका-१ धेरेका ५० वर्षीय मन्द्रिका सहनी रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

बहुदरमाई नगरपालिका-५ बाट बीआर०५एफ ६५६६ नम्बरको मोटरसाइकलमा भारत जाँदै गर्दा पक्राउ परेका उनीहरुको साथबाट १८ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनिहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.