श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

शिखर नगरपालिका वडा नं ८ बस्ने ३० वर्षीया राजु दमाईँको टाउकामा चोट लागेर मृत्यु भएपछि घटना शङ्कास्पद भएको जनाई पति कृष्णलाई जिल्ला प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ ।

राजु गम्भीर घाइते रहेको खबर शुक्रबार प्रहरीलाई आएको र घटनास्थलमा गएर हेर्दा मृत्यु शङ्कास्पद देखिएकाले निजका श्रीमानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका  प्रवक्ता तथा प्रहरी निरीक्षक कर्ण बोहराले बताए  ।

टाउको फुटेको अवस्थामा रहेको र बाँकी शव परीक्षण प्रतिवेदन आएपछि मात्रै भन्न सकिने  प्रहरी निरीक्षक बोहराले जानकारी दिए ।

घटना भएको दिन शुक्रबार एउटै कोठामा दमाइँ दम्पती मात्रै रहेको बुझिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.