छोराले गरे बाबुको हत्या

छोराले गरे बाबुको हत्या

सल्यानमा छोराले आफ्नै बाबुको हत्या गरेका छन् ।

जिल्लाको सिद्ध कुमाख गाउँपालिका–२ कुइयाझोलका २१ वर्षीय सुरज विकले शनिबार राति आफ्ना ५४ वर्षीय बाबु बुदे कामीको हत्या गरेका हुन् ।

हत्याको आरोपमा छोरा सुरजलाई नियन्त्रत्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए । सुरजले  वैशाख १ गते आमाको पनि हात भाँचेको प्रहरीको भनाइ छ ।

शवपरीक्षणका लागि सल्यान जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी प्रमुख खतिवडाले बताए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.