पेस्तोलसहित तीन जना पक्राउ

पेस्तोलसहित तीन जना पक्राउ

प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–७ देवरियास्थित जाखोरताल जंगलबाट कटुवा पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको छ ।

क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) का प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी–१२ का २१ वर्षीय अविनाश थापा, सोही ठाउँका २० वर्षीय नब्बु नामले चिनिने नवराज बराइली र २५ वर्षीय विनोद कुँवरलाई पेस्तोलसहित आज पक्राउ गरेको हाे ।

प्रहरीले उनीहरुको साथबाट पेस्तोलमा प्रयोग गरिने एक थान गोलीसमेत बरामद गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान थालिएको बताइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.