प्रहरीमाथि हातपात गरेपछि वडाध्यक्षका छोरासहित दुई पक्राउ
प्रहरीमाथि हातपात गरेपछि वडाध्यक्षका छोरासहित दुई जना पक्राउ परेका छन् ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कका अध्यक्ष रामबहादुर लामाका छोरा २८ वर्षीय आकाश लामा र सोही ठाउँ बस्ने २४ वर्षीय वकिल परियार रहेका छन् । उनीहरुलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो ।
लामा गाउँकै स्वास्थ्यचौकीमा अहेवका रूपमा कार्यरत छन् । लकडाउनको बेला गाउँका एक व्यक्तिले चलाएको मोटरसाइकल समाएको विषयमा उनले प्रहरीमाथि नै हातपात गरेका थिए ।
प्रहरी सहायक निरीक्षक दीप तामाङमाथि हातपात गरेपछि पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय मेलम्ची ल्याइएको र थप अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।
ढुङ्गा लागेर घाइते भएका प्रसनि तामाङको धुलिखेल अस्पतालको शाखा कार्यालय मानेखर्कमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...