पेस्तोलसहित लागूऔषध कारोबारी पक्राउ

पेस्तोलसहित लागूऔषध कारोबारी पक्राउ

प्रहरीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ बाट पेस्तोलसहित लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-१४ बस्ने ३६ वर्षीय कृष भन्ने कृष्ण कुमार यादव रहेका छन् ।

प्रहरीले उनकाे साथबाट १ थान कटुवा पेस्तोल र ३ राउण्ड गोली तथा नियन्त्रित लागूऔषध १ सय एमएलको डाइलेक्स डिसी २५ बोतल, स्पास्मो प्रोक्सिभन प्लस ५ सय ७६ ट्याब्लेट, नाइट्रोसम १ सय ६० ट्याब्लेट र नाइट्राभेट ७५ ट्याब्लेट बरामद गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बिआर ५० पि १२४१ नम्बरको स्कारपिओ गाडी जाँच गर्ने क्रममा उक्त हतियार तथा लागूऔषध फेला पारी गाडीमा सवार यादवलाई पक्राउ गरेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.