छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

प्रहरीले छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

सर्लाही, बिष्णु गाउँपालिका-६ पकवा टोलबाट अवैध लागूऔषध गाँजा करिब १० केजी सहित कौडेना गाउँपालिका-६ बस्ने २९ वर्षीय प्रमोद सहनीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सिमा प्रहरी चौकी फेन्हराबाट खटिएको प्रहरीले बिआर ३० डब्लु ५४६५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक सहनीलाई उक्त परिमाणको लागूऔषध सहित फेला परी पक्राउ गरेको हो ।

सुनसरी, देवानगंनज गाउँपालिका-१ पाल टोलबाट नियन्त्रित लागूऔषध नुर्फिन ५ सय ८० एम्पुल, डाइजेपाम ५ सय ६० एम्पुल र फेनारगन ५ सय ६० एम्पुल सहित सोही गाउँपालिका-७ बस्ने २१ वर्षीय नरेश कुमार यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका यादवलाई जाँच गर्दाउक्त परिमाणको लागूऔषध फेला पारेको हो ।

नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका-४ खजुराखोलाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ सय ९० एम्पुल, फेनरागन ५ सय १ एम्पुल, नाईट्राभेट १ हजार ७ सय ९ ट्याब्लेट,स्पास्मो९६ क्याप्सुल, नुर्फिन ४ सय ६५ एम्पुल र १ सय एमएलको ओनोरेक्स ७ बोतल सहित नवलपरासी रामग्राम नगरपालिका-९ जोकवार बस्ने २७ वर्षीय जोगेन्द्र प्रसाद हरिजनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी पाँचपेडा र बिओपी सशस्त्र बेस क्याम्प भुजहवाबाट खटिएको प्रहरीले नहरको बाटो हुँदै नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.