प्रहरी हिरासतबाट फरार यादव पक्राउ

प्रहरी हिरासतबाट फरार यादव पक्राउ

सिरहाको महेशपुर पतारीस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रतिबन्धित लागुऔषध मुद्दाका फरार प्रतिवादी सिरहाको लहान नगरपालिका–२२ का ३१ वर्षीय रामअशिष यादव रहेको छ ।

गत मङ्सिर १४ गते इलाका प्रहरी कार्यालय महेशपुर पतारीको हिरासतकक्षबाट फरार यादव सिरहा नगरपालिका–१५ स्थित ससुराली घरमा लुकीछिपी बस्दै आएको प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हाे ।

यादवसँगै प्रहरी हिरासतबाट फरार अन्य व्यक्ति यसअघि नै पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.