विप्लव समूहका विद्यार्थी संगठनका उपाध्यक्षसहित पाँच जना पक्राउ

विप्लव समूहका विद्यार्थी संगठनका उपाध्यक्षसहित पाँच जना पक्राउ

प्रहरीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध जुलुस निकाल्ने तयारी गरिरहेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठनका उपाध्यक्षसहित पाँच जनालाई पक्राउ गरेको छ ।

विप्लव समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको काठमाडौँ जिल्ला उपाध्यक्ष गोविन्द विष्ट र गणतान्त्रिक मञ्चका केन्द्रीय सचिव पूर्ण बहादुर श्रेष्ठलगायत पाँच जना रहेका छन् ।

उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंकाे जमलस्थित थहिटीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उपाध्यक्ष बिष्ट प्रहरीको खोजी सूचीमा रहेका व्यक्ति हुन् ।

पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.