हत्या आरोपमा चार पक्राउ

हत्या आरोपमा चार पक्राउ

आइतबार मृतावस्थामा फेला परेका २० वर्षीय अमित रसाइलीको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  सुनम गुरुङ, शंकर सुनार, मनीष श्रेष्ठ र कृष्ण सुनार रहेका छन् ।कास्की प्रहरीले आज पत्रकार सम्मेलन गरी उनिहरुलाई सार्बजानिक गरेकाे हाे ।

घटनाको प्रारम्भिक अनुसन्धानबाट अमितकै साथीबाटै उनको हत्या भएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार गत जेठ ३१ गते पोखरा –२९ पट्नेरीका युवाले नयाँ बाइक किनेको खुशीयालीमा खानपिनमा रमाउँदै गर्दा मदिराले लट्ठ परेका रसाइलीमाथि साथीहरुले नै हेल्मेट र ढुङ्गा प्रहार गरेपछि मृत्यु भएको थियो ।

त्यसपछि शव लुकाउने क्रममा उनलाई तिनले नजीकै सेती नदीमा बगाइदिएका थिए  । जेठ ३२ गते  बिहान साढे ३ बजे प्रहरी कन्ट्रोल रुममा तीनै साथीमध्येका एकले रसाइली हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

कास्की प्रहरीको टोलीले खोजतलास गर्नेक्रममा  आइतबार बिहान ७ बजे पोखरा –३२ रातोपैरास्थित सेती खोंचमा शव फेला पारेको थियो ।  अभियुक्तलाई म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइने प्रउ कार्कीले जानकारी दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.