अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर

अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसनधान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनीयर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीमाथि छानबिन गर्दा यादवले वैध भन्दा अवैध आय बढिरहेको पाइएको हो । आयोगका अनुसार यादव २०३६ मङ्सिर २ गते सुनसरी मोरङ सिँचाइ विकास समितिमा ओभरसियर पदमा नियुक्ति भएको र २०७४ फागुन १६ गते अवकाश भएको उल्लेख छ । आयोगका अनुसार २०७४ फागुनसम्म दुगर्म तथा स्थानीय भत्ता, कृषि आय, कर्जालगायत रु एक करोड दुई लाख ७४ हजार ७३९ बराबरको रहेको छ ।

यादवले श्रीमती राधाकुमारी, छोरी आँचलको नाममा समेत लगानी गरेको पाइएको छ । आयोगको अनुसन्धानमा यादवको रु एक करोड ८५ लाख ११ हजार ७२८ बराबरको आय अवैध रहेको पाइएको छ ।

आयोगले आरोपी यादवको बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.