सिनामंगलबाट गैंडाको खागसहित चार जना पक्राउ

सिनामंगलबाट गैंडाको खागसहित चार जना पक्राउ

प्रहरीले काठमाडौंकाे सिनामंगलबाट गैंडाको खागसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुरको टौखेल बस्ने सरोज गुरूङ, नयाँठिमी बस्ने बुद्धि क्षेत्री, सिनामंगल बस्ने पूर्ण परियार र शिखा गिरी बराल रहेका छन् । उनीहरूलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले मंगलबार दिउँसो सिनामंगलस्थित एक क्याफेमा गैंडाको खाग खरिद-विक्री गर्न लागेको भन्ने सूचनाका आधारमा पक्राउ गरेको हाे ।

उनीहरूलाई सामानसहित बुधबार थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसारमा पठाएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.